Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

संविधान दिवसको अवसरमा पर्सा र बारामा विभिन्न कार्यक्रम

वीरगंज, ३ असोज । संविधान दिवसको अवसरमा आज पर्सा र बारामा विभिन्न कार्यक्रम गरी मनाइदैछ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ स्थित वडा प्रहरी ...

वीरगंज, ३ असोज । संविधान दिवसको अवसरमा आज पर्सा र बारामा विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ स्थित वडा प्रहरी कार्यालय श्रीपुरमा वृक्षारोपण कार्यक्रम गरिएको हो ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुर, सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर, र सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुरको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुरका सचिव कुल नारायण प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुर पर्सामा कार्यरत प्रमुख प्रहरी निरीक्षक गोरख बहादुर शाही प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी तथा सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू लगायत ३० जनाको सहभागीता रहेको थियो।

वडा प्रहरी कार्यालय श्रीपुरको कार्यालय अगाडि विभिन्न जातका १५ वटा बिरूवा रोपेर वृक्षारोपण गरिएको हो।

यसैगरी, संविधान दिवसको अवसरमा वीरगञ्ज स्कुल अफ लले साताव्यापी कार्यक्रमको शुभारम्भ गरेको छ । कार्यक्रमको पहिलो दिन, वीरगञ्ज स्कुल अफ लले राजर्षी जनक विश्वविद्यालयको पुस्तकालयलाई २८ थान संवैधानिक कानुन पुस्तक हस्तान्तरण गर्यो ।

उक्त पुस्तकहरू वीरगञ्ज स्कुल अफ लका सञ्चालक समितिका अध्यक्ष अधिवक्ता चन्द्रिका प्रसाद पटेलद्वारा लिखित हुन। कार्यक्रमको प्रमुख अतिथि, राजर्षी जनक विश्वविद्यालयका रजिस्ट्रार सत्यनारायण साहको उपस्थितिमा पुस्तक हस्तान्तरण गरियो। कार्यक्रममा अधिवक्ता पटेलले नेपालको संविधान र संवैधानिक कानुनमा आधारित यी पुस्तकहरू विद्यार्थीहरूका लागि मार्गदर्शक हुन सक्ने बताए ।

असोज २ गतेको साँझ वीरगञ्जको ऐतिहासिक घंटाघरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो ।

असोज ३ गते बिहीवार बिहान वीरगञ्ज स्कुल अफ लको सभाहलमा नेपालको संविधान विषयमा विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय बाराले प्रभातफेरि तथा बृहत सरसफाई गरि १० औं संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराको आयोजनामा भएको कार्यक्रम जिल्ला प्रशासन कार्यालयबाट बाजागाजा सहित निकालिएको र्याली कलैया बजारको विभिन्न भागमा परिक्रमा गरि सिद्धेश्वर मन्दिरको प्राङ्गणमा कोणसभामा परिणत भएको थियो ।

बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति नरेन्द्र कुमार साह रहनु भएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका सभापति नरेन्द्र कुमार साहले आ–आफ्नो घरमा दिप प्रज्वलन समेत गरि संविधान दिवस मनाउन उनले आग्रह गरेका छन् । सो दिवसको अवसरमा सदिश्वर मन्दिरमा दुर्ई सय बिरूवा वृक्षारोपण गरिएको सभापति साहले बताए ।

उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्का,सशस्त्र प्रहरी बाराका प्रमुख सन्तोष सिंह,राष्ट्रिय अनुसन्धान उप– निर्देशक बाराका प्रमुख अभिनय दिपक खड्का,ज्वाला दल गण बाराका प्रमुख सेनानी कुमार श्रेष्ठ,समाजसेवी,विभिन्न सरकारी कार्यालयका कर्मचारीहरू, सञ्चारकर्मीहरू लगायतको उपस्तिथि रहेको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content