श्री गढीमाई संवाददाता
बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -४ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र हर्दियामा एकदिने स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।सुवर्ण गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको उक्त शिविरमा ३५ महिलाहरुको चेकजाँच गरिएको बताईएको छ ।स्वास्थ्य केन्द्रमा स्तभिक फाउन्डेसनका डाक्टरहरु द्वारा महिलाहरुको स्तन क्यान्सर ,अष्ट्ररेट्रिक फिस्टुला ,अंग खस्ने ,पाठेघरको मुखको क्यान्सर सम्बन्धि चेकजाँच गरिएको स्वास्थ्य केन्द्र हर्दियाका निमित्त ईन्चार्ज गोविन्द रामले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।शिविरमा ८५ हजार रकम रकम रहेको सो विवरण तत्काल उपलब्ध गराउन नसक्ने र विवरण समेत नभएको पनि निमित्त ईन्चार्ज रामले बताउनुभयो ।हर्दिया प्राथमिक स्वास्थ्य केन्द्रका ईन्चार्ज जयकान्त मिश्र ३० गते देखि नै बिदा रहेका हुन । करार ,स्थायी गरि कुल १४ जना स्वास्थ्य केन्द्रमा कार्यरत रहेको जसमध्ये ३ नर्स र ३ अनमी रहेको स्वास्थ्य केन्द्रले जानकारी दिएका छन् ।एकदिने कार्यक्रम गरेर ८५ हजार रकम स्वाहा बनाउने पहिलो नभई यस्ता धेरै कार्यक्रमहरु स्वास्थ्य केन्द्रमा हुने गरेको हर्दियाका स्थानीय बासीले गुनासो गरेका छन् ।
प्रतिक्रिया