Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

फेसबुक प्रयोगकर्ताहरु सावधानः ह्याकरको अश्लील गतिविधि बढयो

बिहीवार, २८ मंसिर २०८० काठमाडौं। प्रहरीको साइबर ब्युरोमा फेसबुक ह्याकसम्बन्धी उजुरी दिनहुँ बढिरहेको छ। सामाजिक सञ्जाल फेसबुकलाई हतियार बनाए...

बिहीवार, २८ मंसिर २०८० काठमाडौं।
प्रहरीको साइबर ब्युरोमा फेसबुक ह्याकसम्बन्धी उजुरी दिनहुँ बढिरहेको छ। सामाजिक सञ्जाल फेसबुकलाई हतियार बनाएर प्रयोगकर्ताहरुको अश्लील भिडियो पोस्ट दिनहुं बढिरहेको छ।

पछिल्लो समय फेसबुक ह्याकसम्बन्धी उजुरी बढेको साइबर ब्युरोका प्रवक्ता (एसपी) पशुपति रायले बताए। उनले 'ह्याकिङ सम्बन्धी उजुरी बढेको छ।' आजभोलि दैनिक ५० वटा फेसबुक ह्याकसम्बन्धी उजुरी ब्युरोमा दर्ता हुने गरेको छ।

प्रयोगकर्ताले फेसबुक अकाउन्ट खोलेर पासवर्ड बिर्सिने र रिकभरी गर्नका लागी आवश्यक इमेल आइडी पनि बिर्सिने समस्याका कारण ह्याकका घटना बढिरहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। यस वर्ष साउनदेखि अहिलेसम्म ब्युरोमा ३ हजार ७८५ वटा फेसबुक ह्याक भएका उजुरी दर्ता भएका छन्। उजुरी दर्तापछि अनुसन्धान गरिने एसपी रायले जानकारी दिए।

अनुसन्धानका लागी सेवा प्रदायक कम्पनीसँग पनि समन्वय गरी फेसबुक ह्याक हुनबाट रोक्न कम्तीमा ३ महिनामा पासवर्ड परिवर्तन गर्न एसपी रायले सुझाव दिएका छन्। ३ महीनामा पासवर्ड चेन्ज गर्न प्रहरीको सुझाव छ।
 
मङ्सिर १३ मा पर्साका एसपी कोमलबिक्रम शाहको फेसबुक ह्याक भयो। लामो प्रयासपछि ब्युरोले उनको आइडी रिकभर गराएको छ। कर्मचारी, राजनीतिक दलका नेताहरू र अन्य सामाजिक प्रतिष्ठा आर्जन गरेकाहरूको फेसबुक ह्याक भएको उजुरी दैनिक आउने गरेको छ। पछिल्लो दुर्ई सातायता त्यस्ता उजुरी अत्यधिक बढेको एसपी रायले जानकारी दिए।

ह्याकरविरूद्ध विद्युतीय कारोवार ऐन–२०६३ को परिच्छेद–९ अनुसार ब्युरोले मुद्दा चलाउने गरेको छ। तर, अधिकांश ह्याकरहरू भियतनाम लगायतमा देशमा बस्ने गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन्। सामाजिक सञ्जालवारे कानुन नहुँदा अनुसन्धानमा समस्या हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन्।

ब्युरोमा साउन यता १२ वटा प्राइभेसी सम्बन्धी उजुरी दर्ता भएको छ। एक जनाको फोटो वा भिडियो धेरै मानिसहरूलाई पठाएको घटनामा प्रहरीले 'प्राइभेसी' भङ्ग गरेको कसुरमा कारबाई गर्ने गरेको छ। 

ह्वाट्स एपमा सम्पर्क गरेर नाङ्गो बन्न आग्रह गर्ने र भिडियो बनाएर बार्गेनिङ गर्ने घटना पनि ब्युरोमा अनुसन्धान गरिरहेको छ। त्यस्तो घटनालाई प्रहरीले 'सेक्सर्सन' भनेको छ। २०८० साउन पछि ६६ वटा सेक्सर्सनका घटना दर्ता भएका छन्।

पछिल्लो ५ महिनामा सामाजिक सञ्जालमार्फत महिलालाई  हैरानी दिने 'हेट स्पिच' का घटना २२६ वटा दर्ता भएका छन्। हेट स्पिचमा संलग्नहरूलाई विद्युतीय कारोवार ऐन–२०६३ को दफा–४७ अनुसार कारबाई गर्ने गरिएको एसपी रायले जानकारी दिए। साभार– रातोपाटी


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content