Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको सुवर्ण गाउँपालिका -४ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय हर्दिया अौरैयाका बिधार्थीहरुले ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीद्वारा हस्तक्षेप ,पैदल पुगेर हुलाकी राजमार्ग गरे बन्द "

अजय यादव वियोगी  कलैया ,बारा । "बाराको सुवर्ण गाउँपालिका -४ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय हर्दिया अौरैयाका बिधार्थीहरुल...
अजय यादव वियोगी 
कलैया ,बारा ।
"बाराको सुवर्ण गाउँपालिका -४ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय हर्दिया अौरैयाका बिधार्थीहरुले ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीद्वारा हस्तक्षेप ,पैदल पुगेर हुलाकी राजमार्ग गरे बन्द " 


  


विधालयमा राजनीति गर्नु हुदैन भन्ने विभिन्न संघ संस्था तथा प्रतिबद्धता गरेका सम्बन्धित निकायहरुको अहिले बाराको सुवर्ण गाउँपालिका तिर पर्न गएको छ ।देशमा गणतन्त्र अाएको १५ बर्ष भयो ।तर अहिले सम्म जनताले राज्यको अनुभुति गर्न सकेको छैन ।बाराको सुवर्ण गाउँपालिका-४ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय हर्दिया अौरैयाका बिधार्थीहरुले जेठ  ५ गते देखि विधालय बन्द गरि चरण अान्दोलन गरिरहेका छन् ।जेठ ५ गते ,७ गते हर्दिया गाउँ परिक्रमा ,८ गते पालिकामा अान्दोलन ,१० गते विधालय अगाडि प्रदर्शन ,१६ गते संतगज सडक खण्ड देखि बरियारपुरको ईनर्वा चौकमा पुगि हुलाकी राजमार्ग बन्द गरेको बिधार्थी संघर्ष समितिले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताएका छन् ।हर्दिया विधालयबाट जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले हर्दिया ,भिस्वामा पटकपटक अवरोध गरेपनि  तेलकुवाँ चौक सम्म पुगेको कक्षा -१० मा अध्ययनरत बिधार्थी सोनु यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।तेलकुवा चौक अर्थात बम नहरमा पुगेपछि बिधार्थीलाई कलैया जान्नबाट रोकेको बिधार्थीहरुले जनाएका छन्। नेपाल  प्रहरीका सई परिक्षण यादवले टेक्ट्ररमा गईरहेको बिधार्थीहरुलाई  तेलकुवाँबाट जान्न नदिएपछि बिधार्थीहरु पैदल पुगेर महागढीमाई नगरपालिका -२को ईनर्वामा हुलाकी राजमार्गमा पुगेर चक्का जाम गरेका छन्।सई यादवले भने प्रहरी उपरीक्षक होबिन्द्र बोगटीको निर्देशन भएकाले कलैया जान्नबाट रोकेको पनि श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।जसले जे भने बिधार्थीहरु सदरमुकाम कलैया पुग्ने रणनीति नरहेको ठाउँ-ठाउँमा प्रहरीले गस्ती बढाएको सई यादवले बताउनुभयो।मिडियालाई केही जानकारी दिदैनो जे मन लाग्छ गर्नु टेक्ट्रर लगायत जान्न नदिनेपनि सई यादवले बताउनुभयो।यता बिधार्थीहरु हुलाकी राजमार्ग २ घण्टा  भन्दा बढी बन्द गरेपछि बिधार्थीहरुलाई बोलाई प्रहरीले ज्ञापनपत्र बुझाउन जान्न दिने त्यसको लागिएको सयौंको संख्यामा रहेको बिधार्थी मध्ये थोरै  बिधार्थीलाई ज्ञापनपत्र बुझाउन दिने प्रहरीहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।प्रहरीहरु नैसर्गिक अधिकार माथि अंकुश लगाउँदै पत्रकारलाई पनि रिपोर्टिङमा अवरोध गरेका थिए ।केही प्रहरी जवानहरुले पत्रकारसँगै बोल्दै अाफूहरुले जे गरे हुनेपनि बताउनुभयो।नेपाल प्रहरीमा एक द्वार प्रणाली मार्फत सुचना सम्प्रेषण हुने भएको हुँदा अान्दोलनमा प्रहरीले देखाएको व्यवहारले  बिधार्थीहरुको मौलिक हकसँग खेलवाड मात्र कानुनको धज्जी समेत उडाएको नागरिक समाजका अगुवाहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।वि.सं.२०१६ साल देखि स्थापना भएको हर्दिया अौरैया माविमा २०५६ साल देखि एस.एल.सी.परीक्षा सञ्चालन हुँदै अाएको भएपनि  बिधार्थी माथि भएको २०८० को ज्यादती अति भईसकेको र प्रधानाध्यापकको सरुवाको बदरको माँग गर्दे अाएको बिधार्थी माँग सम्बोधन नहुनु र गैर जिम्मेवारीपन बढेकोले टिकाटिप्णी सुरु भएको समाजसेवी एवम् हर्दियाका पुर्ववडाध्यक्ष बिरेन्द्र प्रसाद यादवले बताउनुभयो। हुलाकी राजमार्ग अवरोध गर्दै बिधार्थीहरुले सुवर्ण गाउँपालिका अध्यक्ष राजेश यादव चोर ,सुवर्ण छोड ,बिधार्थी एकता जिन्दावाद , उपाध्यक्ष  पुनम देवी यादव मुर्दावाद ,रामएकबाल सरको सरुवा बदर गर ,प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाल मुर्दावाद ,बिधार्थी माथि दमन गर्न पाईदैन , शिक्षा अधिकृत विधान्नद यादव मुर्दाबाद ,बिधार्थी उपर भएको ज्यादती बन्द गर ,वडा नम्बर -४ का वडाध्यक्ष झकड प्रसाद यादव मुर्दावाद ,सुवर्ण गाउँपालिकाका असफल जनप्रतिनिधिले राजिनामा दे ।जस्ता नारा लगाएका थिए ।बिधार्थीहरु अान्दोलन चर्केपछि नेपाल प्रहरी ,सशस्त्र प्रहरीको सहयोगमा बिधार्थीहरुलाई जिल्ला प्रशासन कार्यालय बारामा सहज ढंगले पुर्याईएको थियो ।जिल्ला प्रशासन कार्यालय बारामा पुगेका बिधार्थीहरुले प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा नभएकाले सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अाचार्य ज्ञापनपत्र बुझाएको सुवर्ण गाउँपालिका -४ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय हर्दिया अौरैयामा रहेको बिधार्थी संघर्ष समितिले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन् ।ज्ञापनपत्र बुझ्दै बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अाचार्य छिटै नै विधालय खोल्ने वातावरण बनाउने  र प्रजिअ लगायत गृह मन्त्रालय तथा तालुक निकायमा जानकारी गराई समस्या निराकरण तर्फ अग्रसर हुने बताउनुभयो।विधालयमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको बिधार्थीहरुले  जनाएका छन् ।७ बुँदे माँग सहित ज्ञापनपत्र बुझाएका छौँ  ,यदि माँग सम्बोधन नभए ,घाइते बिधार्थीको उपचार ,बिधार्थी भएको शोषण लगायतको छानबिन नभए र अभिभावक माथि लगाईएको अारोप निराधार रहेको कसैलाई फसाउन खोजे बिधार्थीहरुलाई मान्य नहुने बिधार्थी रमेशकुमारले बताउनुभयो।विधालय बन्द हुँदा पनि सुवर्ण गाउँपालिकाले खोल्न प्रधानाध्यापक रामएकबाल साहको सरुवाको बिषयमा केही खुल्याएका छैनन्।बिधार्थीको अान्दोलन माथि विभिन्न संघ ,संस्थाले प्रतिबद्धता जनाएका छन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content