Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

वीरगञ्ज यूनाईटेडको सहज जीत

सिमरा, ११ चैत्र वागमती यूवा क्लब विरुद्ध ३–० को सहज जित निकाल्दै बीरगञ्ज यूनाईटेड क्लब सिमरामा जारी जगदम्बा १३ र्औं जीतपुरसिमरा गोल्डकपको क्...

सिमरा, ११ चैत्र

वागमती यूवा क्लब विरुद्ध ३–० को सहज जित निकाल्दै बीरगञ्ज यूनाईटेड क्लब सिमरामा जारी जगदम्बा १३ र्औं जीतपुरसिमरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

वीरगञ्जको जीतमा विवेक चौधरीले दुई तथा कृपा चौधरीले एक गोल गरे । पहिलो हाफ बराबरी खेलेको बागमतीविरुद्ध दोश्रो हाफमा वीरगञ्ज हावी भयो । बागमतीविरुद्ध खेलको ५४ औं मिनटमा विवेक चौधरीले अग्रता लिए । वागमतीका गोलरक्षक रविन बस्नेतको गल्तीको फाइदा उठाउँदै वीरगञ्जका विवेक चौधरीले खाता खोले । डि एरिया छाडेर अघि बढेका गोलरक्षकलाई विट गर्दै विवेकले बललाई डि एर्यिा बाहिरैबाट गोलपोष्टको दिशा दिएका थिए ।

१–० ले पछि परेको बागमती सम्हालिन नपाउँदै वीरगञ्जका कृपा चौधरीले अग्रता दोब्बर पारे । खेलको ५६ औं मिनटमा विवेक चौधरीको क्रसबललाई कृपाले गोलमा परिणत   गरे । खेल अवधिभरनै विवेक र कृपाको तालमेल उत्कृष्ट देखिन्थ्यो ।

खेलको ८४ औं मिनटमा विवेकले व्यक्तिगत दोश्रो गोल गर्दै वीरगञ्जलाई ३–० को फराकिलो अग्रता दिलाए । कृपा चौधरीले पेनाल्टी एरियाबाट दिएको व्याकपासलाई विवेकले डि एरिया बाहिरैबाट गोलमा परिणत गरेका थिए ।

बी डिभीजन क्लब बीरगञ्ज सामु निरहि देखिएको बागमतीले खेलमा सम्झन लायक अवसर बनाउन सकेन । यद्यपी बागमतीका गोल रक्षक प्रम्जय गच्छदारले भने वीरगञ्जका उत्कृष्ट प्रहार बचाउ गरेका थिए ।

खेलको आठौं मिनटमा कृपा चौधरीको उत्कृष्ट प्रहार वागमतीका गोलरक्षकले विफल पारेका थिए । २६ औं मिनटमा विवेक चौधरीले वन भर्सेस वनको अवसर गुमाए । कृपाको क्रसमा विवेक सम्हालिन नसक्दा वागमतीका गोलरक्षक गच्छदारले उत्कृष्ट बचाउ      गरे ।

खेलको ३४ औं मिनटमा कृपा चौधरीको प्रहार वागमतीका आफ्रिकी डिफेण्डर मौसाले गोललाइनबाट क्लिएर गरेका थिए । किपर समेत विट भइसकेको अवस्थामा वीरगञ्जका कृपाको प्रहार विफल भयो । त्यस लगतै खेलको ३८ औं मिनटमा सागर चौधरीको क्रसमा विवेक चौधरी डिबक्स भित्रबाट गरेको सशक्त प्रहार वागमतीका गोल रक्षकले विफल पारेका थिए ।

वीरगञ्जको जितमा दुई गोल गरेका विवेक चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार नगद र ट्रफि हात पारे । प्रतियोगिता अन्तर्गत पहिलो क्वाटरफाइनल खेलमा शनिबार केविए ग्लोबाल भरतपुर फुटबल क्लब र मकवानपुर ११ विच प्रतिष्पर्धा हुनेछ । भरतपुरले उद्घाटन खेलमा आयोजकलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

Virus-free.www.avast.com

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content