Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बाराको देवताल गाउँपालिकामा अध्यक्ष उदय प्रसाद यादवले प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालको हाजिर काटेपछि खैलाबैला सुरु,भित्री रहस्य बाहिर अाउने सम्भावना अधिक

अजय यादव वियोगी                           कलैया ,बारा ।                                                                देशमा नै स्थानीय तहला...

अजय यादव वियोगी                          
कलैया ,बारा ।                                                              
 देशमा नै स्थानीय तहलाई लिएर पटक-पटक अावाज उठदै अाएको हो।सबै गाविस मिलाएर नयाँ संरचना  बनाएको पालिकाको अवस्था राम्रो होला भने तर त्यो भन्दा खराब बन्दै गएका छन्।यस्तै  विवादकै बिच प्रमुख प्रशासकीय अधिकृत हाजिर भएको बाराको देवताल गाउँपालिकामा फेरि विवाद सुरु भएको हो।देवताल गाउँपालिकाका अध्यक्ष उदय प्रसाद यादवले प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाल नअाएको भन्दै वहाँको हाजिर काटेपछि जिल्लामा खैलाबैला मचेको छ।जनप्रतिनिधि र कर्मचारीबिच कस्तो सम्बन्ध हो यो घटनाले स्पष्ट गरिदिएको हो ।फागुन २१ गतेका दिन पालिका अध्यक्ष उदय प्रसाद यादवले कार्यालय सहयोगी मार्फत हाजिरी रजिष्टर मगाई  प्रमुख प्रशासकीय अधिकृत पालको हाजिरी काटि दिएका हुन ।

विगत ११ महिना भन्दा बढी समय देखि रहदै अाएका प्रमुख प्रशासकीय अधिकृत पाल र गाउँपालिका अध्यक्ष यादवको सम्बन्ध राम्रो भएको भएपनि अहिले एक्कासि अाएर बिग्रनुमा भित्री रहस्य छुपेको एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।विगतमा प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाललाई हाजिर गराउन मोछकै लडाइँ बनाएकाहरु अहिले उनै प्रशासकीय अधिकृत पालसँग असन्तुष्टि हुनुको कारण धेरै रहेका छन्।समयमा कार्यालयमा नअाएको अाफूलाई कुनै सूचना नदिएको झोकमा पालिका अध्यक्ष यादवले प्रशासकीय अधिकृत पालको हाजिर काटि दिएका छन्।बारामा पहिलो यस्तो घटना हो जहाँ अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बिच लडाइँ चलिरहेको मात्र दुनियाँले प्रश्न उठाई रहेका छन् ।जोश धेरै अनुभव थोरै भएका पालिका अध्यक्ष उदय प्रसाद यादवले अाक्रोशित पारामा अाएर एक्कासी हाकिमकै हाजिरी काटेपछि पालिका कस्तो चलिरहेको होला सहज अनुमान गर्न सक्ने जानकारहरुले बताएका छन् ।देख्दा र सुन्दा सामान्य घटना भएपनि भित्री रहस्य अर्कै हुन सक्ने देवताल गाउँपालिकाका स्थानीयबासीहरुले जानकारी दिएका छन्।प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाल केही महिना देखि सेवाकालिन तालिममा गएकाले निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा पालिका सञ्चालन हुँदै अाएको थियो।तर तालिम लगत्तै फर्कैका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाल र गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवबिच मनमुटाव सुरु भईसकेका थिए।दुवै जनाले एक अर्कालाई दोष लगाउन व्यस्त भएपछि पालिकाको अवस्था दयनीय बन्दै गएको हो।देवताल गाउँपालिकामा ७ वटा वडाहरु रहेका छन्।तर अहिले केही महिनामै विवाद मात्र होईन ,स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीको खटनपटन कस्तो हुन्छ भने छताछुल्ल भएको हो।यता गाउँपालिकाको अवस्था देखेर अाफू चिन्तित मात्र नभई जनताको भावनासँग खेलवाड भएको धुराहाका स्थानीयबासी उमेश कुमार यादवले बताउनुभयो।अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको लडाइँले पालिकाको बदनाम मात्र होईन ,जनताको काम नै रुकेको स्थानीयबासी यादवले बताउनुभयो।विगतमा प्रमुख प्रशासकीय अधिकृत  पाललाई हाजिर गराउन अनेकन झमेला भएको थियो ।तत्कालीन पालिका अध्यक्ष चन्दन कुमार सिँहले हाजिर रजिष्टर लुकाउन लगाएर सरुवा भएका भ्रष्टाचारको अारोप खेप्दै अाएका सिकेन्द्र प्रसाद साहलाई राख्न देवताल गाउँपालिकामा महिनौं सम्म चलखेल मात्र भएका थिएन ।जिल्ला प्रशासन  कार्यालय कलैयामा अनेकन पटक छलफल भएर पुनः पालिकामा प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाललाई हाजिरी गराईएको थियो ।तर फागुन १७ गते देखि प्रमुख प्रशासकीय अधिकृत नअाएको भन्दै गाउँपालिका अध्यक्ष यादवले हाजिर काटेर गाउँपालिकामा कस्तो शासन त्यो बुझ्न गार्‍हो भएको जानकारहरुले बताएका छन् ।देवताल गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवको सम्पर्क नम्बर ९८५५०४८००६ मा सम्पर्क गरेर बुझ्दाँ १ महिना ढिला भएपनि वकिल प्रसाद पाललाई हाजिर हुन नदिने श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।राजा जस्तै  हाकिम भएकाले अब एक्शनमा अाएर मात्र नभई हाजिर कुनै हाल्त हुन नदिने समेत अध्यक्ष यादवले बताउनुभयो।१० महिना देखि राम्रा रहेका प्रमुख प्रशासक अधिकृत कसरी नराम्रा भए भने प्रश्नमा भडकिदै गाउँपालिका अध्यक्ष यादवले भने बाध्यताले हाकिमलाई मात्र राखे र अब सो बाध्यता हटेकाले वहाँलाई देवताल गाउँपालिका हाजिर हुन नदिने बताउनुभयो।कुन ,नियम परिधिभित्र हाकिमको हाजिरी काटिएको भन्ने प्रश्नमा अाफूसँग कुनै जवाफ नभएको र अरु केही थाहा छैन  मैले हाजिरी काटेको छु ,तपाईलाई जति लेख्नु छ लेख्नु ,जे गर्नुछ गर्नु मलाई मतलब समेत नभए अध्यक्ष यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।केही पत्रकारपनि परिचालित भएको तर अाफ्नो केही नहुने अध्यक्ष यादवले बताउनुभयो।तिनै अध्यक्ष यादवले हाजिर गराएका थिए ।११ महिना हुन लाग्ने बितिकै वहाँ हाजिर हुन अब दिने भने दोहरो चरित्र देखाएको स्पष्ट भएको हो ।यता प्रमुख प्रशासकिय अधिकृत वकिल प्रसाद पालसँग बुझ्दा अाफूलाई हटाउन षड्यन्त्र भएको बताउनुभयो।प्रमुख प्रशासकीय अधिकृत पालले भने मैले कानुनमा भएका कुरा गरेर अाई रहेको तर सेवाकालिन तालिममा काठमाडौं गएपछि यस्तो खटपट गरेर षड्यन्त्रपुर्व हटाउन लागेको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।पहिला पनि विभिन्न झमेलाका बिच हाजिर भएको र अब त्यो सबै नगर्ने प्रमुख प्रशासकीय अधिकृत पालले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।देवताल गाउँपालिकाको प्रवक्ता रहेका प्रखर वक्ता एवम् वडा नम्बर -१ का वडाध्यक्ष अरुणकुमार सिँहले हाजिर काटेको बिषयमा अाफूलाई केही  जानकारी नभएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।अहिले देवतला गाउँपालिकाको अधिकाँश काम निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा हुदै अाएको छ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content