![](https://onlineradionepal.gov.np/wp-content/uploads/2022/10/1666082410_ebola_Virus_Ibola_%E0%A4%87%E0%A4%AC%E0%A5%8B%E0%A4%B2%E0%A4%BE-%E0%A4%AD%E0%A4%BE%E0%A4%87%E0%A4%B0%E0%A4%B8-1200x560-1-1024x478.jpg)
कम्पाला। युगान्डाको स्वास्थ्य मन्त्रालयले सोमबार इबोलाका कारण पछिल्लो चार दिनमा थप पाँच व्यक्तिको मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या २४ पुगेको जनाएको छ ।
मन्त्रालयले अक्टोबर १६ सम्मको अद्यावधिकमा दुई नयाँ पुष्टि भएका घटनाहरू दर्ता गरेपछि पुष्टि भएका घटनाहरूको सङ्ख्या पनि बढेर ६० पुगेको बताएको छ ।
सेप्टेम्बर २० मा मुबेन्डेको केन्द्रीय जिल्लामा इबोला सङ्क्रमणको व्यापकता देखिएको थियो ।
सङ्क्रमण नियन्त्रणका लागि मुबेन्दे र छिमेकी कसण्डा जिल्लामा २१ दिनदेखि लकडाउन र राति कर्फ्यू लगाइएको छ
सरकारले राजधानी कम्पाला सहरलाई पनि सम्भावित उच्च जोखिममा राखेको छ ।सिन्ह्वा
प्रतिक्रिया