श्री गढीमाई संवाददाता
कलैया ,बारा ।
"बारा जिल्लाको क्षेत्र नम्बर -२मा समाजसेवी सुनिल कुशवाहाकाे लोकप्रियताले अाउँदो मंसिर ४ गतेको चुनावमा उम्मेदवारको लागि घर -घरमा चर्चा "
सिङ्गै देश भरी नै स्वतन्त्र उमेदवार काे लहर चलेकाे छ त्यो लहर बीचमा बारा जिल्ला बाट पनि एकदमै चर्चित समाजसेवीको रूपमा सुनिल कुशवाहा देखापरेका छन्।
विगत एक दशक देखी निरन्तर ब्यक्तिगत र विभिन्न संघ संस्था सँग आबद्ध भएर समाजमा जनतालाई विभिन्न माध्यम बाट सेवा गर्दै आएका हुन्।
वहाँ आफ्नो क्षेत्रको वकालत गर्ने, न्याय प्रेमी, बिकास प्रेमी, नैतिकवान व्यक्तिको रूपमा चिरपरिचित रहेका छन्।
समाजमा भएको तथा भइरहेको बेथेतिकाे बारेमा सधै बोलिरहने " समाजसेवी सुनिल कुशवाहालाई यसपालि साँसदको रुपमा जनताहरू हेर्न एकदम उत्सुक भएका छन्।
समाजसेवी कुशवाहाकाे जीत निश्चित हुनेमा विश्वस्त भएको वहाँका समर्थकहरुले बताएका छन् । मधेसी समाज, जिल्ला र देशमा भइरहेको बेथितिकाे पनि अन्त्य हुने भन्ने विश्वास लिएका छन् अभियानका लागेका वहाँका समर्थकहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन्।
प्रतिक्रिया