चितवन । चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
परिचय नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार गए राती सवा ८ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ , जुगेडीमा नारायणगढ मुग्लिन सडक खण्डमा भरतपुरबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक प्रहरीको नियन्त्रणमा छन् । शव परीक्षणको लागि भरतपुर अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया