Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

म्यान्मामा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि

जेनेभा। म्यान्मामा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि भएको पाइएको छ । व्यवस्थित रूपमा भइरहेको त्यस्ता अपराधले महिला र बालबालिकालाई गम्भ...

जेनेभा। म्यान्मामा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि भएको पाइएको छ । व्यवस्थित रूपमा भइरहेको त्यस्ता अपराधले महिला र बालबालिकालाई गम्भीर असर पारेको आज यहाँ सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।

म्यान्माको स्वतन्त्र अनुसन्धान संयन्त्रले करिब दुईसय स्रोतबाट सङ्कलन गरेको ३० लाखभन्दा बढी सूचनालाई समेटेर तयार गरिएको राष्ट्रसङ्घीय वार्षिक प्रतिवेदनमा बलात्कार तथा अन्य प्रकारका यौन हिंसालगायत यौन र लैङ्गिक अपराध र बालबालिकाविरुद्धका अपराधहरू सुरक्षा बल र सशस्त्र समूहका सदस्यले गरेका देखाइएको छ ।

प्रतिवेदनअनुसार सेनाले शासन हत्याएपछि म्यान्माका बालबालिकालाई उनीहरूका आमाबाबुले पाउनुपर्ने सजाय उनीहरूलाई दिइएको भन्दै चरम यातनाको शिकार बनाइएको र मनमानी रूपमा हिरासतमा राखिएको, आम नागरिकविरुद्ध व्यापक एवम् व्यवस्थितरूपमा आक्रमण गरिएको, हालै चारजनालाई मृत्युदण्ड दिइएकोलगायत गम्भीर मानवअधिकार उल्लङ्घनका घटना भएका छन् ।

संयन्त्रले तीन वर्ष लगाएर सङ्कलन गरेको सूचना र प्रमाणमा अन्तर्वार्ता, सर्वसाधारणका कथन, लिखित दस्तावेज, भिडियो, तस्बिर र सामाजिक सञ्जालबाट सार्वजनिक भएका सामग्री प्रतिवेदनमा समावेश गरिएका छन् ।

महिला र बालबालिका विरुद्धका अपराधहरू गम्भीर अन्तर्राष्ट्रिय अपराध हुन् भन्दै संयन्त्रका प्रमुख निकोलस कोउमजियानले म्यान्मामा जारी हिंसाले न्याय र जवाफदेहितालाई सहज बनाउन तथा थप अत्याचार हुन नदिन प्रतिवेदनले सघाउने विश्वास व्यक्त गर्नुभएको छ ।

रोहिंग्याहरूले निरन्तर झेल्नुपरेको दुर्दशा, अपराधका दोषीहरूमाथिको कारबाही, दण्डहीनताको अन्त्यमा जोड दिनुभएको छ । सङ्कलित प्रमाणको संरक्षण गर्ने बताउँदै उहाँले त्यसका आधारमा दोषीलाई कारबाही गर्नुपर्छ भन्नुभएको छ ।एएनआई


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content