स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

बाराको जितपुर सिमरा उपमहानगरपालिकामा सेटिङमै काम हुने गरेको खुलासा ,प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेललाई उछिन्दै काम गर्न थाले लेखा अधिकृत राजेन्द्रबहादुर कार्की

SHARE:

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"बाराको जितपुर सिमरा उपमहानगरपालिकामा सेटिङमै काम हुने गरेको खुलासा ,प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेललाई उछिन्दै काम गर्न थाले लेखा अधिकृत राजेन्द्रबहादुर  कार्की 


"स्थानीय तहमा भ्रष्टाचार कति हुन्छ भने कुरा अब छर्लङ्ग हुन थालेको छ ।बाराको १६ पालिकामध्ये २ दुई उपमहानगरपालिकाहरु रहेका छन्  ।जसमध्ये जितपुर सिमरा उपमहानगरपालिकामा भ्रष्टाचार तथा अनियमितताको जालो बाहिर अाउन  थालेको छ ।विगतमा सुूचना लुकाउने उपमहानगरपालिकाले अहिले हुदै नभएको काम गरेर चर्चामा अाउन थालेका छन् ।बारामा सबैभन्दा अधिक भ्रष्टाचार भएको खुलासा जानकारहरुले गर्न थालेका छन ।२०७९ असारमा कुनै कार्यक्रम चलाउन रकम नभएको तथा सबै रकमको भागबन्डा गरेर सेटिङ मिलाई सकेको खबर बाहिर अाएपछि जितपुर सिमरा उपमहानगरपालिकामा काम नभई रकम निकासा भएको बाहिर जानकारहरुले बताएका छन् ।जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेललाई उछिन्दै लेखा अधिकृत राजेन्द्र बहादुर कार्कीले काम गर्न थालेका छन् ।प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले जुनसुकै कामको लागि सिफारिस गरेको भएपनि लेखा अधिकृत कार्कीले अटेरी गरि अाफ्नै ढंगले काम गर्न थालेकोले जितपुर सिमाराबासी मारमा परेका छन् ।सानोतिनो कामका लागि कैयौं पटक लेखा अधिकृतले कार्यालयमा बोलाउने गरेको उमेश अधिकारीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।लेखा अधिकृत राजेन्द्र बहादुर कार्कीले हप्तामा  एक /  दुई दिनमा काम गर्न मात्र अाउने गरेको स्थानीयबासी अधिकारीले बताउनुभयो ।जितपुर सिमरा उपमहानगरपालिका भ्रष्टाचारको अखडा समेत बन्दै गएको जितपुर सिमराका स्थानीयबासीहरुले बताएका छन् ।काम नै नगरी प्रमुख प्रशासकीय अधिकृत पोखरेल रकम निकाल्ने गरेको लेखा अधिकृत कार्कीले कमिसनको भरमा समेत काम गरेको तथ्य बाहिर अाएको छ ।जितपुर सिमरा उपमहानगरपालिका मा रहेको २४ वटा वडाबाट अाउने अनेकन काममा कमिसनको काम

मिलाउने काम लेखा अधिकृत कार्कीले गर्ने गरेको उपमहानगरपालिका स्रोतले जानकारी दिएका छन् ।लेखा अधिकृतको कामकाज समेत तन्दुरुस्त नरहेको प्रष्ट भएको छ।लेखा फाँटबाट फाईल हराउने गरेको छ। जथाभावी फाईल राखेर सेवाग्राहीहरुलाई दुख दिने काम समेत भएको छ ।प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले समेत कार्यालय राम्रोसँग चलाउन समेत नसकेको जितपुर।सिमराका शोभा क्षेत्रीले बताईन ।अहिले मन लाग्दो काम भईरहेकोले जनता अाजित भएको स्थानीय महिला क्षेत्रीले बताईन ।शिक्षा ,स्वास्थ्य ,कृषि ,पशु तथा भौतिक पुर्वाधारको काममा जितपुर सिमरा उपमहानगरपालिकाले कमिसन गरेर रकम कमाउने तर्फ उन्मुख भएको जितपुर सिमरा उपमहानगरपालिकाका बुद्धिजीवीहरुले बताएका छन् ।बारा जिल्लाको नभई देशकै अौधोगिक क्षेत्रमा पर्ने उपमहानगरपालिकामा अहिले कर्मचारीहरुले लुट मचाएका छन् ।सानो कामपनि बिना पैसा को नहुने गरेको जितपुर सिमरा उपमहानगरपालिकामा काम गराउन अाएका वडा नम्बर -१९ का शेख सलाउदिन मियाँले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।जितपुर सिमरामा भ्रष्टाचार तथा अनियमितता हुनुको साथै कामकाजमा समेत हेल्चेक्रयाई हुने गरेको स्थानीयबासी मियाँको भनाइ रहेको छ ।सर्लाही घर भएका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले कुनै कडा समेत गर्न सकेका छन् ।मनलाग्दो समयमा कर्मचारीहरु समेत उपमहानगरपालिकाको कार्यालयमा पुग्ने गरेको भएपनि कुनै वास्ता समेत नहुने गरेको एक कर्मचारीले बताएका छन् ।उपमहानगरपालिकामा रहेको विभिन्न शाखामा कर्मचारीहरुको अभाव भएपनि जितपुर।सिमरा उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख बेखर रहेका छन् ।प्रशासन शाखाका कर्मचारीले तनावमै कामकाज समेत गर्नेकोले उपमहानगरपालिकाको रेकर्ड समेत बताउन नचाहेको हुन ।श्री गढीमाई राष्ट्रिय दैनिक टिम जितपुर सिमरा उपमहानगरपालिकाका कर्मचारीहरुको बारेमा सोधपुछ गर्दा अाफूलाई केही जानकारी नभएको समेत प्रशासन शाखाका प्रमुखले बताए ।यसरी गैर जिम्मेवार ढंगले कर्मचारीहरु प्रस्तुत हुनु जितपुर सिमरा उपमहानगरपालिकामा उदाहरण मात्र हुन ।सुचना अधिकारी  कहि कतै तोकेर राखिएको छैन ।बिना  सूचना अधिकारीकै उपमहानगरपालिकाको कामकाज समेत हुने गरेको छ ।सूचनाको हक २०६४ सालमा भएको प्रावधान अनुसार हरेक कार्यालयले सुचना अधिकारी तोकेर राख्ने प्रावधानलाई जितपुर सिमरा उपमहानगरपालिकाले अटेरी गरेका छन् ।विगत ५ वर्षदेखि जितपुर सिमरा उपमहानगरपालिकाले सूचना लुकाउँदै अाएका छन् ।तत्कालीन मेयर कृष्ण पौडेलको पालामा जितपुर सिमरा उपमहानगरपालिकामा केही सुधार नभए जानकारहरुले बताएका छन् ।पटकपटक विवादमा परेका मेयर पौडेलले जितपुर सिमरा उपमहानगरपालिकालाई राम्रो चलाउन सकेका थिएन ।अाजको त्यसैको नियति जितपुर सिमराबासीले भोग्न बाध्य भएका छन् ।अौधोगिक क्षेत्रमा प्रदुषण बढी भएपनि त्यस क्षेत्रमा जितपुर सिमरा उपमहानगरपालिकाले कुनै काम नगरेका कारण नगरबासीसँगको स्वास्थ्यसँग खेलवाड गरेको र के स्थानीय सरकार भनेर स्थानीयबासीले प्रति प्रश्न समेत गरेका छन् ।लेखा अधिकृत राजेन्द्र बहादुर कार्कीले १ महिना अगावै उपमहानगरपालिकाको सबै रकम समाप्त भएको र अहिले अाषाढ महिनामा कागजमै काम भएको मिलाउन व्यस्त समेत भएको जितपुर सिमाराबासी अाक्रोशित समेत भएका छन् ।नयाँ जनप्रतिनिधि अाएको बहाना बनाउदै उपमहानगरपालिकाले पुरानै कामलाई निरन्तरता दिने भनेर ढिपी कसेर भित्र भित्रै रकम सिध्याउने खेल गरेको तथ्य बाहिर प्रकाशमा अाएको छ ।अहिलेका नवनिर्वाचित मेयर राजन पौडेलले कर्मचारीहरुलाई कडाइ समेत गर्न नसकेकोले विकास होला जस्तो नलागेको स्थानीय समाजसेवी शँकर प्रसाद लामिछानेले बताउनुभयो ।विगतमा जितपुर सिमारा उपमहानगरपालिकामा भ्रष्टाचार भएको भन्दै अावाज उठदै अाएको छ ।अा.व.२०७६/०७७ मा जितपुर।सिमरा उपमहानगरपालिकामा १७ करोड ९३ लाख ३० हजार बेरुजु देखिएको छ ।यति ठूलो रकमको बेरुजु देखिएको भएपनि कडाइ गर्ने कोही नभएको र जनप्रतिनिधिहरुको काम पनि जितपुर सिमरा उपमहानगरपालिकामा प्रष्ट नदेखिएको छ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: बाराको जितपुर सिमरा उपमहानगरपालिकामा सेटिङमै काम हुने गरेको खुलासा ,प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेललाई उछिन्दै काम गर्न थाले लेखा अधिकृत राजेन्द्रबहादुर कार्की
बाराको जितपुर सिमरा उपमहानगरपालिकामा सेटिङमै काम हुने गरेको खुलासा ,प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेललाई उछिन्दै काम गर्न थाले लेखा अधिकृत राजेन्द्रबहादुर कार्की
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgauRby3Wgsh9ZxJXs-BBJ_7digIEN2gqx7kOu_quhXRf_NSCV6Tpg8Ea93ejrOon1-juhYBXqDDVvOyHazTyWS9nCsnKcEFQg-acbCAVK5QEmLvyQNSBtSrVMHF881CgtNy-eajjKqF0ESzequDu64uAF9lu7LkxxEJHpp5S-16q6OcC9yXW0JeP0buQ/s320/image12__01.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgauRby3Wgsh9ZxJXs-BBJ_7digIEN2gqx7kOu_quhXRf_NSCV6Tpg8Ea93ejrOon1-juhYBXqDDVvOyHazTyWS9nCsnKcEFQg-acbCAVK5QEmLvyQNSBtSrVMHF881CgtNy-eajjKqF0ESzequDu64uAF9lu7LkxxEJHpp5S-16q6OcC9yXW0JeP0buQ/s72-c/image12__01.png
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/06/blog-post_56.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/06/blog-post_56.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content