Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

भोलिदेखि जनकपुरधाममा “जनकपुर साहित्य महोत्सव” शुरु हुँदै

जनकपुरधाम । जनकपुर साहित्य महोत्सव, २०७८ भोलिदेखि जनकपुरधामको जानकी मन्दिरबाट शुरु हुन लागेको छ ।  तेस्रो संस्करणको रुपमा हुन लागेको जनकप...

जनकपुरधाम । जनकपुर साहित्य महोत्सव, २०७८ भोलिदेखि जनकपुरधामको जानकी मन्दिरबाट शुरु हुन लागेको छ । 

तेस्रो संस्करणको रुपमा हुन लागेको जनकपुर साहित्य महोत्सवको उद्घाटन शत्र देखि अधिकांश कार्यक्रमहरू जानकी मन्दिरको प्राङ्गणमा हुने सम्मेलन तयारी समितिका संयोजक प्रियङ्का झाले जनकपुरधाममा आज आयोजना गरिइएको पत्रकार सम्मेलनमा जानकारी दिनु भएको छ । 

सन् २०१९ देखि शुरु भएको जनकपुर साहित्य महोत्सवको आयोजना नव मिथिला फाउण्डेशनले गर्दै आएको छ । सन् २०२१ र २०२२ मा हुन लागेको जनकपुर साहित्य महोत्सव फागुन १९ गते देखि २१ गतेसम्म हुने र महोत्सवमा देशका ख्यातिप्राप्त विद्वान, लेखक, साहित्यकार, कलाकार, उद्यमी, राजनीतिज्ञ, राजनीतिक विश्लेषकहरू सहभागी हुने कार्यक्रम रहेको छ । 

जनकपुर साहित्य महोत्सवको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गर्नु हुने कार्यक्रम रहेको छ । तीनै दिन विभिन्न गीत सहित तथा कला संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ । नयाँ विचारको सृजनाका साथै यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्य सहित आयोजना गरिँदै आएको जनकपुर साहित्य महोत्सवलाई थप समावेशी बनाउने प्रयास यस पटक भएको आयोजकले जनाएको छ । 

देश तथा प्रदेश प्रदेशलाई जोड्ने उद्देश्यले आयोजना हुने जनकपुर साहित्य महोत्सवमा पिछडिएको कर्णाली प्रदेशदेखि सबै भन्दा उन्नत प्रदेशको रुपमा रहेको बागमती प्रदेशका विद्वानहरू कार्यक्रममा सहभागी भएर विचार प्रवाह गर्ने, सुन्ने र राम्रा कुराहरू अनुसरण गर्ने अवसर प्रदान गर्ने कार्यक्रमको उद्देश्य रहेको आयोजक मनिष झाले जानकारी दिनु भयो । 

विद्यालय स्तरीय वक्तृत्व कला मार्फत छनौट भएका ५ विद्यार्थीहरूले पुनः जनकपुरका सन्दर्भमा कार्यक्रम स्थलमा नै वक्तृत्वकला मार्फत नै धारणा राख्ने कार्यक्रम रहेको छ । त्यसमा प्रथम, द्वितीय, तृतीय हुनेलाई पुरस्कृत गर्ने कार्यक्रम रहेकोले यसबाट जनकपुरधामका विद्यार्थीहरूमा थप हौसला बढ्ने विश्वास स्थानीय आयोजक राकेश विक्रम साहको रहेको छ ।  

कार्यक्रममा राजनीतिक विश्लेषक खगेन्द्र सग्रौला, सिकेलाल, चर्चित युवा राजनीतिज्ञ गगन थापा, उद्योगपति विनोद चौधरी, अभिनेत्री मनीषा कोइराला, स्थानीय साहित्यकार डा. राजेन्द्र विमल जस्ता व्यक्तिहरू सहभागी हुने कार्यक्रम रहेको फाउण्डेशनले जनाएको छ । 

साहित्य महोत्सवलाई बढी सहभागिता मूलक बनाउनका लागि महिला, विभिन्न जातजातिका व्यक्तिहरूलाई कार्यक्रममा सहभागी गराएर महोत्सवलाई बढी सहभागितामूलक एवं उपयोगी बनाउने प्रयास भएको आयोजक तथा पत्रकार वि पी साहले जानकारी दिनु भयो । 

कूल १२ वटा विभिन्न समसामयिक विषयहरूमा सेसनहरू हुने जनकपुर साहित्य महोत्सवमा ख्याति प्राप्त व्यक्ति सहित करिब १ सय २५ जना पाहुनाहरू सहभागी हुने र सहभागीहरूलाई मिथिलाको भोजन, सुहाउँदो आवास, यातायात सहितका अन्य सेवा प्रदान गर्दा करिब ३६ लाख खर्च हुने अनुमान आयोजकको रहेको छ ।    


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content