Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

मधेश सरकारको चार वर्षे उपलब्धि

३ फागुन, जनकपुरधाम । मधेश सरकारले प्रदेशको नामाकरण र स्थायी राजधानी तोकिएको कार्यलाई महत्वपूर्ण राजनीति उपलब्धिको सूचीमा राखेको छ । प्रदेश स...

३ फागुन, जनकपुरधाम । मधेश सरकारले प्रदेशको नामाकरण र स्थायी राजधानी तोकिएको कार्यलाई महत्वपूर्ण राजनीति उपलब्धिको सूचीमा राखेको छ ।

प्रदेश सरकारको चार वर्षे कार्यकाल पूरा गरेपछि आफ्नो उपलब्धि सार्वजनिक गर्दै मधेश सरकारले प्रदेशको नामाकरण मधेश प्रदेश र राजधानी जनकपुरधाम कायम गराउन सफल भएको कार्यलाई महत्वपूर्ण राजनीतिक उपलब्धिको रुपमा लिएको उल्लेख गरेको छ ।

प्रदेशको निशाना छाप तथा स्थायी राजनीतिका संरचनाहरु निर्माणका लागि जग्गा पहिचान तथा संरचना निर्माणका लागि उच्च स्तरीय समितिसमेत गठन गरी कार्य अघि बढाएको सरकारले मंगलबार पत्रकार सम्मेलन गरी जनाएको छ ।

यस्तै उसले चार वर्षे उपलब्धिको सूचीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणलाई पनि राखेको छ ।

यस अवधिमा प्रादेशिक स्वायततका लागि संघीय सरकारविरुद्ध ६ वटा मुद्दा सर्वोच्च अदालतमा दर्ता गरेको, हालसम्म ४४ वटा ऐन, ३ वटा नियमावली र ११ वटा कार्यविधि/मापदण्ड/निर्देशिकाहरु निर्माण भएको प्रदेश सरकारले जनाएको छ ।

यसैगरी मधेश आन्दोलनका शहीद परिवारलाई 'एक शहीद परिवार, एक रोजगार' योजना अन्तर्गत २७ जना शहीद परिवारलाई रोजगार उपलब्ध गराइएको सरकारले आफ्नो उपलब्धिको सूचीमा समावेश गरेको छ ।
 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content