
राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले निजी क्षेत्रको लगानी भित्र्याउन प्रदेश सरकार हर सम्भव प्रयास गरिरहेको बताउनुभएको छ ।
सप्तरी उद्योग वाणिज्य सङ्घद्वारा नवनिर्वाचित कार्यसमितिको पदभार तथा शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले निजी क्षेत्रको लगानी बिना प्रदेशको विकास सम्भव नरहेको टिप्पणी गर्नुभयो ।
मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याएको उद्योग ऐनले उद्योगी व्यवसायीहरूलाई मधेशमा लगानी सहज बनाएको उल्लेख गर्नुभयो । उहाँले एक साता भित्रै नियमावली आउन लागेको जानकारी समेत गराउनु भयो ।
नवनिर्वाचित अध्यक्ष लालु प्रसाद अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष अरुण प्रधान सहित विभिन्न क्षेत्रका अगुवाहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
प्रतिक्रिया