वीरगंज, २२ पुस । अत्यधिक चिसोबाट प्रभावित ज्येष्ठ नागरिकहरूलाई कम्बल लगायतका सामग्री वितरणलाई निरन्तरता दिनुभएका महानगर प्रमुख विजय कुमार सर...
वीरगंज, २२ पुस । अत्यधिक चिसोबाट प्रभावित ज्येष्ठ नागरिकहरूलाई कम्बल लगायतका सामग्री वितरणलाई निरन्तरता दिनुभएका महानगर प्रमुख विजय कुमार सरावगीले आँखाको ज्योति गुमाउनेहरूलाई पनि आँखाको ज्योति दिलाउनमा सक्रिय रहनुभएको छ । वीरगंज माहानगरपालिका र माट्रिका आइ फाउण्डेशनको संयुक्त आयोजनामा गत १८ गते वडा नम्बर २९ बस्डिल्वामा भएको आँखा शिविरमा परीक्षणका क्रममा पहिचान गरिएका मोतियाबिन्दुका बिरामीहरूको हिजो आँखाको निश्शुल्क शल्यक्रिया गरिएको छ । मोतियाविन्दुको शल्यक्रिया गरिएका ती सबै बिरामीहरूको आँखाको दृष्टिको वारेमा आज महानगर प्रमुख सरावगीले जानकारी लिनुभएको छ । महानगर प्रमुख सरावगीले आपूmले पाउने सेवा सुविधाबाट स्थापना गरिएको मेयर कल्याणकारी कोषबाट महानगरपालिकाका २ हजार ५ सय आँखाका बिरामीहरूलाई निश्शुल्क उपचार गर्ने लक्ष्यका साथ आँखाका शिविरको आयोजना गर्दै शिविरमा परीक्षणका क्रममा फेला गरेका मोतियाविन्दुका विरामीहरूको निश्शुल्क आँखाको शल्यक्रिया गरिएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

COMMENTS