" देवताल गाउपालिका वार्ड न. ०१ मा होली मिलन कार्यक्रम सम्पन्न"
कलैया , बारा । फागुन ०२ गते । बाराको देवताल गाउँपालिका वार्ड नं १ मा होली मिलन समारोह कार्यक्रमको आयोजना गरि होलीको शुभकामना आदानप्रदान गरेको छ । गत आईतबार लोकतान्त्रिक समाजवादी पार्टीको राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले पार्टी प्रवेश गराएका वार्ड अध्यक्ष प्रत्यासी उम्मेदवार नरेन्द्र सिंहको अध्यक्षतामा निज निवासमै होलिको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । उक्त होलि मिलन समारोहमा सम्बन्धित वडा बाटै अन्दाजी ३५० जनाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै
कार्यक्रमको अध्यक्ष सिंहले आफ्नो उम्मेद्वारी समेत घोषणा गरेका थिए ।शुभकामना आदानप्रदान गर्ने क्रममा उनले भने-होलीकाको अन्त्यपछि होली मनाउँने पर्व सुरु भएको हो । त्यसतै हाम्रो वडा बाट हरेक किसिमको नराम्रो चरित्रको अन्तय गर्ने कुरा गरे । सम्बोधनमा थप्दै उनले बोले "निर्वाचन नजिकिदै गर्दा बिभिन्न किसिमको दल र दलाल आउने गर्छन् तपाईंलाई झाशा दिन सक्छन् तर यो पालि तपाईंले सफल नेतृत्व रोज्नु पर्छ । कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसको वडा ईकाई सभापति रामनारायण शाहले आउदो निर्वाचनमा नरेन्द्र सिंहलाई नै सघाउने चाहे उनि जुन सुकै पार्टी बाट उम्मेदवारी दिउन् भन्ने बिचार राखे । अर्को वक्ताको रुपमा तत्कालीन ससफो बाट वडा सदस्यको उम्मेदवार रहेका सुरुज शाहले यो पटक हाम्रो मन र मत नरेन्द्र सिंहलाई नै जाने पक्का भएको कुरा प्रष्ट गरे । सो होली मिलन समारोहमा नेपाली कांग्रेसको पुर्ब क्षेत्रिय कोषाध्यक्ष बिरेन्द्र सिंह,ईकाई सभापति रामनारायण शाह , लालबाबु मिया लगायत ३५० जनाको उपस्थिति रहेको थियो। उपस्थित सम्पूर्ण जनसमुदायलाई नरेन्द्र सिंहले गम्छा आोढाई रंग अबिर लगाएर शुभकामना साटा-साट गरेका थिए।
प्रतिक्रिया